Logo
Logo

सहसचिव निरु दाहाल सचिवमा बढुवा




काठमाडौं । सरकारले सहसचिव निरु दाहाल पाण्डेलाई सचिवमा बढुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा वन सेवा तर्फकी प्राविधिक सहसचिव पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको हो ।


उनी कार्यसम्पादन तथा मुल्यांकनका आधारमा एक नम्बरमा सिफारिस भएकी थिइन् । एक साताअघि बसेको बढुवा सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको थियो । पाण्डेसहित समितिले दोस्रो नम्बरमा दीपक खराल र तेस्रो नम्बरमा रेवतीरमण पौडेलको नाम सिफारिस गरेको थियो ।


कृषि तथा पशुपन्छी मन्त्रालयको कृषितर्फ उनी निमित्त सचिवको जिम्मेवारीमा थिइन् । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फको एक सचिव पद रिक्त भएपछि उनको बढुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्