Logo
Logo

डिआईजी पोखरेलको अर्काे छलाङ ?


- दृष्टि न्युज/संवाददाता

189
Shares

काठमाडौं, २७ बैशाख ।
नेपाल प्रहरीमा डिआईजीको एक पद ६ महिनासम्म रिक्त रह्यो । कसलाई बढुवा गर्ने भन्ने विवादमा पद रिक्त भएको थियो ।
जसमा गत साता विश्वराज पोखरेलको बढुवा सिफारिस भयो । दुई ब्याचलाई उछिनेरलाई उनलाई बढुवा गरिएपछि प्रहरीमा चरम असन्तुष्टि छाएका छन् । करिब एक दर्जन सिनियर एसएसपीलाई उछिनेर उनलाई बढुवा गरिएको थियो ।


राजनीतिक दबाबका कारण त्यसरी उनलाई बढुवा गरिएको ठानिएको छ । तर, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको समेत उनी प्रिय व्यक्ति भएको खुलेको छ । किनकी खनालले डिआईजी पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएर आफ्नै सचिवालयमा राख्ने तयारी गरेका छन् । यसलाई डिआईजी पोखरेलको अर्काे छलाङका रुपमा हेरिएको छ । ‘यसरी अन्यायपूर्ण तरिकाले बढुवा गर्दा पनि उनको बारेमा मिडियामा खासै आलोचनात्मक समाचार आएन, मिडिया व्यवस्थापनको राम्रो क्षमता देखेर आईजिपी साबले उहाँलाई प्रवक्ताको जिम्मेवारी दिन लागिएको हुनसक्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् ।
प्रवक्ता रहेका एसएसपी उत्तम सुवेदी काठमाडौं परिसरमा सरुवा भएपछि प्रवक्ताको पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्