काठमाडौं । आईसीसी टी २० विश्वकपअन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड फाइनल पुगिसकेको छ भने फाइनल पुग्ने अर्को टोलीको आज टुंगो लाग्दै छ । त्यसको लागि आज पाकिस्तान र अस्ट्रेलिया भिडेदैछन् । खेले दुबई अन्तर्राष्ट्रिय रंगशालामा पौने ७ बजेबाट शुरु हुने छ ।
प्रतियोगितामा पाकिस्तानले अहिलेसम्म हार बेहोरेको छैन । समूह(२ मा सबै प्रतिस्पर्धीलाई हराउँदै पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको थियो । समूह–२ मा पाकिस्तानले पाँच खेलबाट १० अंक जोडेको थियो ।
समूह(१ मा रहेको अष्ट्रेलियाले पाँच खेलमा चार खेल जित्दै ८ अंकसहित सेमिफाइनलमा स्थान बनाएको हो । जारी प्रतियोगितामा अस्ट्रेलियाले इंल्यान्डसँग बेहोरेको थियो ।
पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटमा दुईपटक फाइनल पुगिसकेको छ । सन् २००७ मा फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २००९ को विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै च्याम्पियन बनेको थियो ।
अष्ट्रेलिया पनि कमजोर टोली भने होइन । सन् २०१० को विश्वकप क्रिकेटमा फाइनल पुगेर उपाधि जित्न चुकेको अष्ट्रेलिया पाकिस्तानलाई हराउँदै उपाधिका लागि न्युजिल्यान्डसामु बलियो चुनौती पेस गर्ने योजनामा छ ।