Logo
Logo

आइसिआरसीका नक्कली डाइरेक्टर पक्राउ




काठमाडौं । आफु उच्च पदस्थ व्यक्ति भएको भ्रममा पारेर नेपालमा ठगी गर्दै आएका एक भारतीय नागरिक पक्राउ परेका छन् । चेन्नइका शिवम विरुमुथु चेटियरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


उनले मणिपाल अस्पतालको शेयर दिने भन्दै ५० लाख ठगी गरेका हुन् । आफ्नो सो अस्पतालका लगानीकर्तासँग चिनजान भएको र शेयर दिने भन्दै उनले पैसा र कागजपत्र लिएर ठगी गर्दै आएका हुन् । उनले आफु इन्टरनेशनल कमिटी अफ रेड क्रस(आइसिआरसी)को नेपाल डाइरेक्टर भनेर समेत धेरैलाई झुक्याएका थिए । उनीबाट नक्कली कार्ड समेत प्रहरीले बरामद गरेको छ ।


उनी २०७२ सालमा पनि बैदेशिक रोजगार मुद्दामा पक्राउ परेकोमा दुई वर्ष जेल बसेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्