Logo
Logo

संसदमा प्रिबजेट छलफल सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २७ बैशाख । संसदम आजदेखि प्रिबजेटमाथि छलफल सुरु भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्याएपछि छलफल सुरु भएको हो ।
प्रतिनिधिसभाको बिहान ११ र राष्ट्रियसभाको दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

नीति तथा कार्यक्रमभन्दा पहिला प्रिबजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रिबजेटमाथि छलफल गराउन लागेको हो । प्रिबजेटमाथिको छलफल आउँदो मंगलबारसम्म सक्ने तयारी संसद सचिवालयले गरेको छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रिबजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ । ढिलो गरी औपचारिकताका लागि मात्र गर्न लागिएको प्रिबजेट छलफलले सांसदले दिएका सुझाव नसमेटिने लगभग पक्का छ ।

सरकारको नीति तथा कार्यक्रम वैशाख २४ गते प्रमुख प्रतिपक्षी दलको नाराबाजी र अवरोकाबीच नै पारित भइसकेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । शुक्रबारको संसद बैठकमा नीति तथा कार्यक्रम पारित गर्दा संसदमा भएको हंगामाबारे पनि कुरा उठ्नेछ ।

प्रतिक्रिया दिनुहोस्