आईसीसी टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा « Drishti News – Nepalese News Portal
Logo

आईसीसी टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा


दृष्टि संवाददाता


काठमाडौं । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनलमा प्रवेश गरेको हो । अब अष्ट्रेलियाले न्युजिल्यान्डसँग उपाधिका लागि भिडन्त गर्नेछ ।

अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कोस स्टोइनिस नायक रहे । दुई खेलाडीले ८१ रनको साझेदारी गर्दै जित दिलाएको थिए । अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रनको योगदान दिए ।

यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवान सर्बाधिक ६७ र फखर जमानले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

प्रतिक्रिया दिनुहोस्