Logo
Logo

निगमको टिकटबाटै अब विभिन्न गन्तव्यमा उडान भर्न सकिने



काठमाडौं । नेपाल वायुसेवा निगमले अबदेखि उडान भर्ने गन्तव्य भएर जाने अन्य गन्तव्यमा समेत यात्रुका लागि टिकट सहजीकरण गर्ने भएको छ ।

निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्विपक्षीय (स्पेशल प्रोरेट एग्रीमेन्ट) सम्झौता गरेसँगै निगमको सिधा उडान नहुने गन्तव्यमा समेत यात्रुले उठान भर्ने पाउने भएका हुन् ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमले उडान भर्ने गन्तव्यमा टिकटको सहजिकरण गरेर यात्रुलाई गन्तव्यसम्म पु¥याउँने छ । एक अर्का वायुसेवाहरुका क्षेत्रमा यात्रुलाई यसबाट सेवा प्रदान गर्न सहज हुने जनाइएको छ ।

निगमले हालै सम्पन्न गरेका सम्झौताबाट यूरोपका विभिन्न शहरहरु, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने प्रवक्ता श्रेष्ठले बताइन् ।

सकेसम्म कम समयको प्रतिक्षामा गरेर सेवा दिनका लागि सम्झौता गरिएको र यसमार्फत यात्रुलाई थप सहजता हुनेछ निगमले विश्वास लिएको छ ।

निगमले यसका लागि काठमाडौं–बैंकक–सिओल जान लागि नेपाल एयरलाइन्स र थाई एयरवेजसँग सम्झौता गरेको छ । साथै, काठमाडौं–बैंकक–सिड्नीको सिधा उडान गर्नका लागि थाई एयरवेज, काठमाडौं–बैंकक–टोकियोका लागि अल निप्पोन एयरलाइन्ससँग सम्झौता गरेको छ ।

यस्तै, काठमाडौं–दोहा–कुवेतका लागि निगमले कुवेत एयरवेज, काठमाडौं–दुवई–कुवेतको गन्तव्यका लागि कुवेत एयरवेजसँग सम्झौता गरेको जनाएको छ ।

काठमाडौं–दुवई–जूरिचको लागि इमिरेट्स र काठमाडौं–दुबई–लण्डनको लागि इमिरेट्, काठमाडौं, दुबई–फ्र्यान्कर्फट, काठमाडौं–दुबई–पेरिस र काठमाडौं–दुबई–बहराइन उडानका लागि इमिरेट्स एयरसँग सम्झौता गरेको हो । निगमको यो सुविधाले गर्दा अन्य उडान भर्ने एयरलाइन्सभन्दा सस्तो पर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्