Logo
Logo

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध निगमको कार्यालय घेराउ



काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकट विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

शुक्रबार निगमको केन्द्रीय कार्यालय टेकु पुगेर बिद्यार्थीहरुले घेराउसहित नारावाजी गरेका हुन् । उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यसअघि उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्