Logo
Logo

बीपी प्रतिष्ठान उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझायो



धरान । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितताको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार समितिले स्थलगत अध्ययन र सरोकारवालासँग छलफल गरी तयार पारेको प्रतिवेदन प्रधानमन्त्री देउवालाई बुझाएको हो । अध्ययनमा संलग्न एक सदस्यका अनुसार अनियमितताका आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।

सो समितिलाई उक्त प्रतिष्ठानमा भएको विवाद अध्ययन गरी सुशासन, पारदर्शिता र यसअघिका अनियमितता सम्बन्धमा दोषी ठहर भएका व्यक्तिहरुलाई निलम्बनको सिफारिससम्मको अधिकार दिइएको छ ।

यसअघि सरकारले स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा उच्चस्तरिय छानबिन समिती गठन गरेको थियो । समितिमा सदस्यहरुमा मन्त्रालयका सचिव डा. पोखरेल र स्थानीय जनप्रतिनिधिका तर्फबाट सिनेट सदस्य एवं धरान उपमहानगरपालिकाका मेयर तिलक राई थिए ।

प्रतिष्ठानको उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले आफ्नो पद अनुसारको दायित्व पूरा गरेको छैन भनी परिषदका तत्काल कायम रहेका एक चौथाइ सदस्यले कुलपति समक्ष लिखित निवेदन दिएपछि प्रतिष्ठान २०४९ को ११ (घ)अनुसार समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्