Logo
Logo

माओवादीमा ‘एक व्यक्ति, एक पद’



काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णले माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सातरसात पदाधिकारी रहने व्यवस्था गरेको छ । वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

बैठकले सेल कमिटीमा भने सचिवमात्र राख्ने व्यवस्था गरेको छ । बैठकले जिम्मेवारी बाँडफाँट र जिम्मेवारी प्रदान गरेकाहरुलाई प्रभावकारी बनाउन ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्