Logo
Logo

नयाँ बोटल, पुरानै स्वादमा खुकुरी रम



काठमाडौं । खुकुरी रम नयाँ बोटल अर्थात नयाँ प्याकमा आएको छ । कम्पनीले शुक्रबार आयोजित एक कार्यक्रमबीच विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको नयाँ प्याकमा सार्वजनिक गरेको हो ।

सन् १९५९ मा स्थापना भएको द नेपाल डिस्टीलरिजले रमको उत्पादन गर्दै आएको छ । कम्पनीले ग्राहकको माग र अपेक्षालाई ध्यानमा राखेर नयाँ प्याक सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको बताएको छ । कम्नीका अनुसार प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरूबाट आएका प्रतिक्रियाहरूलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरु समावेश गरिएका छन् ।

नयाँ डिजाइनसहितको प्याक सार्वजनिक गरेपनि रमको स्वाद भने परिवर्तन नगरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्