Logo
Logo

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै



काठमाडौं । दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आउँदो बुधबार नेपाल आउने भएका छन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार विज्ञप्ति जारी गरी उनी नोभेम्बर १७ मा काठमाडौं आउने जानकारी गराएको छ । नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनी त्यहाँ विदेशमन्त्री अहमद खलिललाई भेटेर त्यतैबाट नेपाल आउने भएका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको विज्ञप्तीमा जनाइएको छ । सहायक मन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूबारे द्विपक्षीय छलफल हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्