Logo
Logo

आईसीसी टी-ट्वान्टी विश्वकप फाइनल आज, अस्‍ट्रेलिया र न्युजिल्यान्ड भिड्दै



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेल आज अस्‍ट्रेलिया र न्युजिल्यान्ड आइतबार साँझ हुँदै छ । दुई छिमेकी देश विश्व क्रिकेटमा प्रतिद्वन्द्वी पनि ।

यी दुई बलिया टिमबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने अनुमान छ ।

न्युजिल्यान्ड जुनसुकै ढाँचाको क्रिकेटमा पनि टिकेर खेल्ने भएकाले आफूहरूले धैर्य अपनाउनु पर्ने देखिन्छ । अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो सावित भएको थियो । फिन्चले सो विश्वकपको फाइनल बिर्सेर खेल्नुपर्ने पनि बताएका छन् ।

यी दुई टिमको स्तरमा फरक छैन । हाम्रो खेल शैली पनि लगभग उस्तै छ । हो, यो विश्वकपमा न्युजिल्यान्डले अन्य टिमको भन्दा राम्रो बलिङ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्