Logo
Logo

याक एण्ड यती होटलमा प्रहरीको छापा, १२ जना विदेशी पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ बैशाख ।
अवैध गतिविधि सञ्चालनको आरोपमा प्रहरीले दरबारमार्गमा रहेको पाँचतारे होटल याक एण्ड यतीमा छापा हानेको छ । होटलबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार बेलुका छापा हानेको हो । उनीहरुबाट नेटवर्किङ सम्बन्धित विभिन्न कागजपत्र र डलर समेत बरामद भएको प्रहरीले जनाएको छ ।
नेपालमा नेटवर्किङको विस्तार गर्न लागेको सूचनाका आधारमा प्रहरीले छापा हानेको हो । पक्राउ परेकामाथि सिआईबीले अनुसन्धान अघि बढाएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्