Logo
Logo

आजदेखि १२ वर्षमाथिका दीर्घ रोगीलाई फाइजर खोप लगाउन थालियो


1.1k
Shares

काठमाडौं । सरकारले आइतबारदेखि १२ वर्षमाथिका दीर्घ रोगीहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरको छ ।

१२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरिएको हो । खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ । सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो ।

खोप सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ । फाइजरको खोप लगाउन थालिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्