Logo
Logo

आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले अनुसार सोमबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८० पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ४० पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र विक्रीदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र विक्रीदर १६० रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १२ पैसा र विक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ ।​ जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ४३ पैसा र विक्रीदर १० रुपैयाँ ४९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।

|साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ३१ रुपैयाँ ८४ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ४३ पैसा र विक्रीदर ३२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्