क्यानले चार खेलाडीलाई स्पष्टीकरण सोध्यो « Drishti News – Nepalese News Portal
Logo

क्यानले चार खेलाडीलाई स्पष्टीकरण सोध्यो


दृष्टि संवाददाता


काठमाडौं । खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदै संचार माध्यमलाई दिएको अभिव्यक्तिलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)ले चार जना खेलाडीलाई स्पष्टीकरण सोधेको छ ।

क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीलाई स्पष्टीकरण सोधेको हो ।

गत कात्तिक १७ गते ज्ञानेन्द्रसहित चार खेलाडीले राष्ट्रिय क्रिकेटरको वर्गीकरणमा असन्तुष्टि जनाएको विषयमा क्यानले आगामी बुधबारसम्ममा लिखित स्पष्टीकरण दिन भनेको छ ।

उनीहरुले अप्रिल २०२१ देखि डिसेम्बर २०२१ सम्मका लागि गरिएको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाउँदै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्