
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ ‘एकीकृत निर्देशन’ जारी गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ एकीकृत निर्देशन २०७८ जारी गरेको हो ।
एकीकृत निर्देशन २०७७ र चालु आर्थिक वर्षको कात्तिक २८ गतेसम्म जारी निर्देशनहरुलाई समावेश गरी नयाँ निर्देशन जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंकले जारी नयाँ निर्देशनअनुसार काम गर्न सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ ।












