Logo
Logo

हस्तकला व्यापार मेला आयोजना हुने



काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता हुने भएको छ ।

महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हायत होटलमा मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मेला उद्घाटन गर्ने जानकारी दिएको हो ।

कोरोना महामारीका कारण शिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्य बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ ।

उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत बिभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।

विगतमा भन्दा केही नयाँ अवधारणाका साथ आयोजना गर्न लागिएको यो व्यापार मेलाले यस क्षेत्रमा सकारात्मक उर्जा उत्पन्‍न गर्न सहयोग पुयाउने शाक्यले बताए ।

प्रदर्शनी एवं मेलाको माध्यमबाट हस्तकलाको आन्तरिक व्यापार प्रवर्द्धन र निर्यात व्यापारमा समेत टेवा पुऱ्याउने उद्देश्यले हरेक बर्ष अन्तर्राष्ट्रियस्तरको हस्तकला व्यापार मेलाको आयोजना गर्दै आएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्