Logo
Logo

हिमालयन बैंकले सिद्धि स्मृति प्रतिष्ठानलाई दियो १२ हजार थान दर्ता किताब



काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भक्तपुर उपमहानगरपालिका, भिमसेनस्थान–७ स्थित सिद्धि स्मृति प्रतिष्ठानलाई १२ हजार थान बहिरङ्ग दर्ता किताब उपलब्ध गराएको छ ।

प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई बैंकले दर्ता किताब सहयोग गरेको हो ।

बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहबीच सहयोग सामग्री हस्तान्तरण गरे । २०५९ मा स्थापित उक्त अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । सो अस्पताल भक्तपुर क्षेत्रकै प्रतिष्ठित मध्येमा पर्छ ।

स्वदेशी तथा विदेशी दाताको सहयोगबाट संचालित प्रतिष्ठानले वृद्धाश्रम पनि संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्