Logo
Logo

भारतसँग मित्रता चाहेका छौं: तालिबानी विदेशमन्त्री मुक्तकी



काठमाण्डौं । अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ।

विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताए । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताइन्छ ।

तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताए । देशका धेरै ठाउँबाट इस्लामिक स्टेट आईएसलाई पराजित गरेको र अफगानिस्तानमा धेरै ठूलो खतरा नरहेको उनको दाबी छ ।

पहिलो पटक महिला पत्रकारलाई अन्तर्वार्ता दिएका विदेशमन्त्री मुक्तकीले महिलालाई अधिकार दिने सरकारको घोषणा कार्यान्वयन हुने पनि दाबी पनि गरे । तालिबान पहिलेको तुलनामा धेरै बदलिएको भन्दै उनले महिलालाई प्रतिबन्ध लगाएर देश अघि बढ्दैन भन्ने कुरामा आफूहरु ढुक्क रहेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्