Logo
Logo

घर जान पाउँ भन्दै चाइनिज नागरिकद्वारा प्रदर्शन



काठमाडौं । घर जान पाउनुपर्ने माग राख्दै चाइनिज नागरिकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंस्थित हात्तिसारमा आज विहान उनीहरुले आफ्नो घर चाइना जाने व्यवस्था मिलाइदिन माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले विभिन्न माग लेखिएको प्लेकार्डसहित सडकको छेउमा उभिएर प्रदर्शन गरेका थिए । कोरोना महामारीका कारण नेपालमा रहेका उनीहरुले भनेजस्तो काम र आन्दानी नभएको र भिसा पनि सकिएको कारण देखाउँदै घर जान पाउने व्यवस्था मिलाइदिन माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्