Logo
Logo

एसएसपीको नजर न्यूरोडका हुन्डी कारोबारीमाथि 


- दृष्टि न्युज/संवाददाता


काठमार्डौं, २९ बैशाख ।
महानगरीय अपराध महाशाखामा नेतृत्व परिवर्तनसँगै हुन्डी कारोबारीलाई पक्राउ गर्ने ट्रे्न्ड नै बनिसकेको छ । गत शुक्रबारदेखि महाशाखाको नेतृत्व सम्हालेका एसएसपी सहकुल थापाले पनि हुन्डी कारोबारी पक्राउ गर्न थालेका छन् ।


न्यूरोडको मख्खन गल्लीमा हुन्डीको कारोबार गर्दै आएका भारतीय नागरिक नरेश कुमारलाई महाशाखाको टोलीले पाँच लाख नौ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।
न्यूरोड ठूलो हुन्डी कारोबारीको हब हो । कारोबारीबारे प्रहरीलाई जानकारी हुने गरेको छ । तर, कहिले काही मात्र प्रहरीले छापा हानेर पक्राउ गर्ने गरेको छ । हुन्डी व्यवसायीले प्रहरीलाई सेटिङ मिलाएरै कारोबार गर्दै आएको स्रोत बताउँछ । बेला बेला तर्साउनका लागि मात्र हुन्डी कारोबारीलाई पक्राउ गर्ने गरेको आरोप प्रहरीमाथि लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्