Logo
Logo

रोनाल्डोको कुल आम्दानी १ अर्ब डलर नाघ्यो



एजेन्सी । क्रिष्ट्रियानो रोनाल्डोको करियरको कुल आम्दानी १ अर्ब डलर नाघेको छ । उनले सन् २००३ मा १७ वर्षको उमेरमा स्पोर्टिङ लिस्बनबाट खेल्न सुरु गरेका थिए । त्यसयता उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टस्बाट खेले ।

२००९ मा म्यानचेस्टर छाडेर रियल म्याड्रिड गएका रोनाल्डो २०१८ मा युभेन्टस्मा लागेका थिए । यस वर्ष उनी फेरि म्यानचेस्टरमै फर्किएका छन् । उनी पोर्चुगलका कप्तान समेत हुन् । बेलायती पत्रिका मिररमा प्रकाशित समाचारअनुसार ३६ वर्षीय रोनाल्डोले म्यानेचस्टरमा प्रतिसाता ६ लाख ४३ हजार ६ सय ६८ डलर आम्दानी गर्छन् । ५ पटकका बेलोन डि अर रोनाल्डोले फुटबल क्षेत्रमा हासिल गरेका उपलब्धिकै कारण आफ्नो भ्यालु पनि बढाएका छन् ।

जसकारण, खेलबाहिरबाट पनि उनले राम्रो अतिरिक्त आम्दानी गरेका छन् । धेरै ब्रान्डहरुले उनलाई आफ्नो प्रडक्टको प्रवद्र्धनका लागि उपयोग गर्ने गरेका छन् । इन्स्टाग्राममा रोनाल्डोका ३ स ६६ मिलियन फलोअर्स छन् । त्यस्तै, ट्वीटरमा ९५ दशमलव ४ मिलियन फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस्