Logo
Logo

मुम्बईले चौथो पटक जित्यो आईपीएलको उपाधी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । आईपीएल क्रिकेटको १२ औं संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा चेन्नाई सुपर किंग्सलाई १ रनले स्तब्ध पार्दै मुम्बईले चौथो पटक आईपीएलको उपाधि उचालेको हो ।

निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रनको योगफल बनाएको थियो । १५० रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रनमात्र बनाउन सक्यो ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो। मुम्बईले यसअघि सन् २०१३, २०१५ र सन् २०१७ मा पनि उपाधि जितेको थियो। हैदरावाद स्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो।

चेन्नाईलाई लक्ष्यसम्म पुग्न नदिन मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै क्रुनल पाण्ड्या, मालिंगा र राहुल चाहरले १-१ विकेट लिए।

सुरुको ३ ओभरमा ४२ रन खर्चिएपनि मालिंगाले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १ विकेट लिएर खेल जिताए। त्यसअघि मुम्बईका लागि किरण पोलार्डले २५ बलमा ३ चौका र ३ छक्कको मद्दतमा नटआउट ४१ रन बनाएपछि मुम्बईले १४९ रन बनाएको थियो। यस्तै क्वेन्टन डे ककले २९ तथा इशान किसानले २३ रन जोडे।

चेन्नाईका दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए। यस्तै शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्