Logo
Logo

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट नेपालले आज कतारसँग खेल्दै



काठमाण्डौं । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो पौने चार बजे दोहामा रहेको वेस्ट इण्ड पार्क स्टेडियममा हुनेछ ।

नेपाल कतारमाथि एक खेल अगावै श्रृङ्खला जित्न चाहन्छ । हिजो पहिलो खेलमा कतारलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको नेपाल आज पनि जित निकाल्ने योजनामा छ । श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।

कतारसँग भोलि तेस्रो खेल खेलेपछि नेपाली टोली छनोट खेल्न सिधै यूएई जानेछ । छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, सात गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वाण्टी विश्वकपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्