Logo
Logo

सबैभन्दा बढी कर दाखिला गर्ने १५ करदातालाई सम्मान



काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । बुधार १०औँ राष्ट्रिय कर दिवसको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) परेको छ । गत आर्थिक वर्षको आय विवरणअनुसार टेलिकमले सबैभन्दा बढी कर तिरे विभागले जनाएको छ ।

त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपाल (प्रा.)लिले सबैभन्दा बढी आयकार दाखिला गरेको छ भने व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्सेर जंगबहादुर राणालाई सम्मानित गरेको छ ।

गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको मध्ये नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ भने बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् ।

विभागले सर्वाधिक कर तिरेबापत विशेष उद्योगमध्ये एशियन पेन्टस् (नेपाल), कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये पूर्वाञ्चल एग्रीटेकलाई सम्मानित गरेको छ ।

यस्तै, सूर्य नेपालले सबैभन्दा बढी कर दाखिला गरेको छ । मूल्य अभिवृद्धि कर र अन्तः शुल्कसमेत सबैभन्दा बढी कूल कर रकम दाखिला गरेकोले सूर्य नेपाललाई सम्मान गरेको हो ।

स्वास्थ्य तथा शिक्षातर्फ नोबेल मेडिकल कलेज टिचिङ्ग, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल्स, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यमस्तरी करदातामध्ये कर्जा सूचना केन्द्र कम्पनी र नियमित कर बुझाउनेमध्ये घोराही सिमेन्ट ईण्डष्ट्रि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्