Logo
Logo

टि १० र सातदोबाटो युथ क्लबबीच प्रायोजन सम्झौता



काठमाडौं । खेल सामाग्री कम्पनी टि १० ले सातदोबाटो युथ क्लबसंग प्रायोजन सम्झौता गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टि १० ले सातदोबाटो युथ क्लबसँग तीन वर्षको प्रयोजन सम्झौता गरेको हो । टि १० कोतर्फबाट भाटभटेनी होल्डिङका प्रबन्ध निर्देशक पवन सराफ र क्लबका महासचिव सुनिल विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार आगामी तीन सिजन सातदोबाटोले किटको रुपमा टि १० ब्राण्डको प्रयोग गर्नेछ । टि १० को नेपालको आधिकारिक विक्रेता भाटभटेनी होल्डिङले सातदोबाटोलाई उम्रोको जुत्ता र न्युब्यालेन्सका ट्रयाक सहितका ब्राण्ड पनि उपलब्ध गराउनेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै क्लबका महासचिव सुनिल विष्टले राम्रो ब्राण्डसँग सहकार्य गरेको उल्लेख गर्दै क्लबको तर्फबाट नतिजालाई सतप्रतिशत दिन मेहनत गरिरहेको बताए । क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले विश्वको उत्कृष्ट ब्राण्डसँग मिल्ने खालको खेल सातदोबाटोले मैदानमा देखाउने बताए ।

भाटभटेनी होल्डिङका बिजनेश हेड आलोक जोशीले नेपाली खेलकुदमा टि १० को पहिलो प्रायोजको रुपमा सातदोबाटोसँग जोडिएको बताए । उनले घरेलु लिग फुटबलबाट टि १० ब्राण्डलाई खेलकुदमा प्रवेश गराउन पाउँदा खुसी ब्यक्त गरे । टि १० ले नतिजाका आधारमा क्लबलाई नगद बोनश प्रदान गरिने बताएको छ । भाटभटेनी होल्डिङले आफ्ना १९ वटा डिपार्टमेन्टल स्टोरबाट टि १० ब्राण्डलाई खुद्रा रुपमा बिक्री गर्दै आएको छ । टि १० ले साइकिलिङ, एथ्लेटिक्स, फिटनेस र योगको किटका रुपमा समेत आफुलाई लक्षित गर्दै आएको छ ।

सातादोबाटो युथ क्लब यसै सिजन ए डिभिजनमा बढुवा भएको क्लब हो । शुक्रबार उद्घाटन खेलमा मैदान उत्रदै क्लबले ए डिभिजनमा औपचारिक डेब्यु गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्