Logo
Logo

टी-२० क्रिकेटमा भारतले न्युजिल्यान्डलाई हरायो



काठमाण्डौं । भारतले पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई हराएको छ । ​जयपुरमा गएराति भएको खेलमा भारतले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो ।

जितका लागि न्युजिल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । भारतका सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान रोहित शर्माले ४८ रन जोडे । न्युजिल्यान्डका ट्रेन्ट बोल्डले दुई विकेट लिए ।

गुप्टिलले ७० तथा मार्कले ६३ रन जोडे । भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले २र२ विकेट लिए । दीपक चाहर र मोहमद सिराजले १र१ विकेट लिए । जितसँगै तीन खेलको श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।
टिम साउथी, ड्रयाल मिचेल र मिचेल स्टानरले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका मार्टिन गुप्टिल र मार्क चापम्यानले अर्धशतकीय पारी खेले ।

प्रतिक्रिया दिनुहोस्