Logo
Logo

नेपाली महिला टोलीको लगातार जित


630
Shares

काठमाडैं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारलाई लगातार दुई खेलमा पराजित गर्दै पहिलो पटक टी २० अन्तर्राष्ट्रिय शृङ्खला जितेको छ। नेपाल र कतारको गएराति भएको खेलमा ६१ रनले पराजित गरेको हो।

अघिल्लो दिन नेपालले ११९ रनको फराकिलो जित हात पारेर शृङ्खलामा १(० को अग्रता लिएको थियो। तीन शृङ्खलाअन्तर्गत नेपालले अब अन्तिम खेल बिहीवार खेल्नेछ। नेपालले टस जितेर दोहास्थित वेस्ट इन्ड पार्क इन्टरन्याशनल क्रिकेट स्टेडियममा पहिले ब्याटिङ रोजेको थियो ।

कप्तानका रूपमा रुबिना क्षेत्रीले नेतृत्व गरेको टोलीले उनको ५० रनको अर्धशतकीय पारीको सहयोगमा १२९ रन जोड्यो। क्षेत्री टी(२० आईमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी पनि बनिन्। अघिल्लो दिन मात्र ईन्दु बर्माले ५५ रन जोड्दै अर्धशतक प्रहार गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्