Logo
Logo

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन रोकिँदैन : नेपाल बार



काठमाडौं । नेपाल बार एसोसिएसनले कुनै पनि बहाना र शर्तमा प्रधानन्यायाधीशको राजीनामा नभई आफूहरुको आन्दोलन नरोकिने बताएको छ । नेपाल बारले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्च अदालत परिसरमा दंगा प्रहरीको प्रवेश बन्द गर्न पनि माग गरिएको छ । अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ति भनिएको छ – ‘अदालत परिसरलाई युद्ध मैदान वनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध वनाएको छ। अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्यायप्रशासन र न्याय सम्पादन सुसञ्चालन गर्नसकिने कल्पना पनि गर्न सकिँदैन ।’

प्रहरीको आक्रमणबाट नेपाल बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएको र बारका केन्द्रीय सदस्य अधिवक्ता प्रकाश महर्जन टाउकोमा गम्भिर चोट लागि अस्पताल भर्र्ना भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्