Logo
Logo

‘सबै क्षेत्रको अग्रगामी पुनःसंरचना नहुँदा संघीयता कार्यान्वयनमा चुनौती भयो’



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको समेत बताए ।

मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनु परेको समस्या, हलीया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल सुरु गरिसकेको भन्दैे संविधानमा व्यवस्था भएको जनताको अधिकार स्थापित गर्न आफु लागिरहेको बताए ।

मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान विरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पुरा हुन नदिन यस अघि जस्तै गरि सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोडसमेत दिए ।

संविधानअनुसार सेना, प्रहरी, प्रशासन र न्यायलयमाथि अग्रगामी पुनरसंरचना गर्न नसेका कारण सोचे जसरी काम गर्न समस्या थपिएको भन्दै यसले संघीयताको कार्यान्वयनमा समेत थप चुनौति थपिरहेको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्