कामना सेवा विकास बैंक र अन्य वित्त कम्पनीबीच सम्झौता « Drishti News – Nepalese News Portal
Logo

कामना सेवा विकास बैंक र अन्य वित्त कम्पनीबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपाल क्लियरिङ हाउस फर नेशनल पेमेन्ट’का लागि अन्य वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूसँग सम्झौता गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यकारी निर्देशकलगायत अन्य पदाधिकारीको उपस्थितिमा राजधानीमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका अनुसार यसले अन्य बैंकहरू, डिजिटल भुक्तानी विक्रेताहरू जस्तै अन्तरबैंक भुक्तानी प्रणाली (आईपीएस), कनेक्ट आईपीएस, द्रुत प्रतिक्रिया (क्यूआर) कोड र अन्य डिजिटल इकोसिस्टमलाई एक प्रणालीमा एकीकृत गर्नेछ । जसले तिनीहरूलाई रकम स्थानान्तरण गर्न सक्षम बनाउने बैंकको भनाइ छ ।

पहिलो चरणमा गैर–कार्ड लेनदेन राउटिङमा काम समावेश छ । मोबाइल बैंकिङ, ई–बैंकिङ, इ–वालेट वा क्यूआर कोडमार्फत हुने देशका सबै गैर–कार्ड कारोबारहरू पहिलो चरणमा राष्ट्रिय भुक्तानी स्विचमार्फत रुट गरिने बैैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्