लूको ओलीलाई प्रश्न, ‘नेपालले एमसीसी के गर्छ ?’ « Drishti News – Nepalese News Portal
Logo

लूको ओलीलाई प्रश्न, ‘नेपालले एमसीसी के गर्छ ?’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शुक्रबार भेटघाट वार्ता भएको छ ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई एमसीसीबारे जिज्ञासा राखेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विदेशमन्त्री लूले नेपालले एमसीसी के गर्छ भनी प्रश्न गरेका थिए । जवाफमा पुर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म परामर्श नगरेकाले ठोस धारणा नबनाएको बताएका थिए ।

भेटमा अध्यक्ष ओलीले कोभिड–१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्