सिन्धुपाल्चोकका डिएसपी बस्नेत ‘पुलिस अफ द मन्थ’ « Drishti News – Nepalese News Portal
Logo

सिन्धुपाल्चोकका डिएसपी बस्नेत ‘पुलिस अफ द मन्थ’


दृष्टि न्यूज



काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्ने बागमती प्रदेशको कात्तिक महिनाको पुलिस अफ द मन्थ भएका छन् । बागमती प्रदेशका जिल्लाहरुमा भएको मूल्याङकन उनले उत्कृष्ट काम गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


गत १९ कात्तिकमा हेलुम्बुमा व्यापारी केसाङ लामाको हत्या गरी लुटपाट गरेको घटनाका अभियुक्तलाई डिएसपी नेतृत्वको टोलीले दुई दिनमै पक्राउ गर्न सफल भएको थियो । सोही कामको मूल्याङकन गरी उनलाई प्रदेश प्रहरीले पुरस्कृत गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्