Logo
Logo

किरण चेम्जोङले माल्दिभ्सको माजिया एससीबाट लिग खेल्ने



काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले माल्दिभ्सको शीर्ष डिभिजन खेल्ने क्लब माजिया एससीबाट यस सिजनको लिग खेल्ने भएका छन् ।

किरण हालै माजिया एससीमा आबद्ध भएपछि यस सिजनको खेल खेल्ने भएका हुन् । उनी सिजन २०२१–२२ लागि उक्त क्लवमा आबद्ध भएका हुन् ।

शुक्रबार माल्दिभ्स पुगेर क्लवमा आवद्ध भएको सार्वजनिक गरेका किरणले प्रत्येक खेलमा आफ्नो शतप्रतिशत दिने बचनसमेत दिएका छन् ।

माजिया सन् २०१९–२० र २०२०–२१ सिजनको च्याम्पियन हो । माल्दिभ्सको शीर्ष डिभिजनको लिग ६ पटक खेलेको माजियाले तीन पटक उपाधि जितेको छ । माजिया एक पटक दोस्रो र एक पटक तेस्रो भएको छ।

प्रतिक्रिया दिनुहोस्