नेपाल प्रहरीका २२ एसपीको सरुवा, पर्सा लगायत जिल्लाका एसपी फेरिए « Drishti News – Nepalese News Portal
Logo

नेपाल प्रहरीका २२ एसपीको सरुवा, पर्सा लगायत जिल्लाका एसपी फेरिए


दृष्टि न्यूज



काठमाडौं । प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ । सरुवामा सात जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।


सरुवाअनुसार पर्सामा रमेश कुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीब बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । उनीहरुमध्ये धेरै जिल्लामा अवधि नै नपुगी सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्