Logo
Logo

कारबाही गरिएका एसपीलाई मकवानपुरमा पठाएर पुरस्कृत




काठमाडौं । नेपाल प्रहरीमा बदनाम अधिकृतहरुले अवसर पाउन थालेका छन् । राजनीतिक पावरका आधारमा बदनामहरुलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।


गोरखामा हुँदा गत वर्ष कारबाहीमा परेका एसपी सुरेन्द्र गुरुङलाई मकवानपुर पठाइएको छ । गोरखामा जुवाको पैसा लुकाएको खुलेपछि उनलाई हटाइएको थियो । तिहारको बेला जुवाडे पक्राउ गरेकोमा खालको पैसा लुकाएका थिए। अन्य अनियमितता पनि खुलेपछि उनलाई पाँच महिनामै हटाइएको थियो ।


उनै एसपी अहिले पुरस्कृत भएका छन् । मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरलाई १० महिनामै हटाएर उनलाई पठाइएको हो । एसपी गुरुङ कांग्रेस नेताहरुकै पावरका आधारमा गुप्तचरबाट प्रहरीमा आएका अधिकृत हुन् ।


त्यस्तै, पर्साका एसपी बेलबहादुर पाण्डेलाई पनि अवधि नपुगी हटाइएको छ । उनलाई हटाएर कांग्रेस नेता दीपक खड्काका आफन्त एसपी रमेश बस्नेतलाई पठाइएको छ ।


पटक पटक कारबाही भोगेका एसपी राजेन्द्रबाबु रेग्मीलाई तनहुँमा सरुवा गरिएको छ । स्याङजा पठाइएका राजीव बस्नेत र नुवाकोट पठाइएका रामप्रकाश शाह पनि कमजोर कार्यक्षमता भएका अधिकृत मानिनन्छन् । एसपी सरुवामा आइजिपी निरीह देखिएका छन् । आइतबार इन्टरपोल महासभाका लागि टर्की जाने भएकाले उनले शनिबार सरुवा र बढुवाको निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्