Logo
Logo

नक्कली लगत बनाएर मोहीलाई जग्गा, मालपोतका दुई कर्मचारी अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ बैशाख ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँड गरेको आरोपमा तत्कालिन प्रमुख बमबहादुर विक र तामेलदार प्राणनाथ कसजुविरुद्ध मुद्दा दायर गरेको हो ।


उनीहरुले पर्साको तत्कालिन नगवा गाउँपालिकाको जग्गामा मोहीको लगत सम्बन्धि विवरण सच्याएर वितरणल गरिएको थियो । मोही बनी बाँडफाँडको लागि निवेदन दिने नगेश्वर राउत कुर्मीविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्