Logo
Logo

एसएसपी थापाको एक वर्षमा तीन पटक सरुवा




काठमाडौं । नेपाल प्रहरीका एसएसपी दीपक थापाको एक वर्षको अवधिमा तीन पटक सरुवा भएको छ । उनलाई शनिबार तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।


तीन महिनाअघि उनलाई एकेडेमी सरुवा गरिएको थियो । गत वर्ष फागुनमा अपराध महाशाखाबाट उनको प्रहरी प्रधान कार्र्यालयमा सरुवा भएको थियो ।


महानगरीय प्रहरी कार्यालयका एआइजी हरि पालसँग विवाद भएपछि उनको महाशाखाबाट आकस्मिक सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको विश्वासपात्र भएर काम गरेका थिए । तर, उनीविरुद्ध विभिन्न झुटा कुरा गृह मन्त्रालयमा लगाएर उनको सरुवा गर्न लगाइएको थियो । वास्तविकता बुझेपछि गृहले फेरि उनलाई प्रहरी प्रधान कार्यालयमै सरुवा गरेको हो ।


त्यस्तै, शनिबार ललितपुर परिसरको एसएसपीको पनि सरुवा गरेर यज्ञ बिनोद पोखरेललाई पठाएको छ । सिन्धुली तालिम केन्द्रमा मोहन पोखरेलको सरुवा भएको छ ।


काठमाडौं परिसरका एसएसपी अशोक सिंहको पनि अवधि पुगेपछि उनले सरुवा फेरि पनि रोकाएका थिए । गत वर्ष मंसिर ५ मै उनको सरुवा भएको थियो । तत्कालिन एसएसपी श्यामलाल ज्ञवालीलाई पाँच महिनामै हटाएर परिसर गएका सिंह एक वर्ष पुग्दा पनि शक्तिकेन्द्र धाएर सरुवा रोकाउँदै हिडेका छन् ।

प्रतिक्रिया दिनुहोस्