Logo
Logo

जाडोमा झन्झन् हिमालतिर



काठमाडौं । चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लगिएका भेडा र चौंरीगोठलाई तल्लो बस्ती वरपर न्यानो क्षेत्रमा ओर्लन्छन् । तर मुस्ताङको उपल्लो भेग लोमान्थाङका गोठाला भने झन् माथि र टाढाको चरन क्षेत्रतिर लाग्दैछन् ।

हिउँदका चार महिना उपल्लो भेगका चौंरीगोठ हिमालपारिको केक्याम उपत्यकाको चरन क्षेत्रमा लग्ने गर्छन् । केक्याम लोमान्थाङबाट चुम्जुङ गाउँ हुँदै दक्षिण डोल्पा जाने बाटोमा छ । पारिलो रहेको केक्याप चरन उपत्यका पुग्न लोमान्थाङबाट तीन दिन लाग्छ ।

हिउँदको चिसो र हिउँले ढाकिने मौसममा चौंरी धपाउँदै छोसेर, चुम्जुङ, छोन्हुप र लोमान्थाङ क्षेत्रका चौंरीगोठ भने झन् माथिको केक्याप चरन उपत्यका पुगेका छन् । चार महिनालाई पुग्ने खर्च (रासन) बोकेर चौंरीगाई धपाउँदै केक्याप पुग्ने १२ गोठालामध्येका एक हुन्, लोमान्थाङ गाउँपालिका–४ चुम्जुङका शरदसिं घ्याप्चो गुरुङ । ‘बर्खाभरि चौंरी, भेडा, घोडा, खच्चड चर्ने हिमालवारिका चरन क्षेत्र हिउँदमा बाक्लो हिउँले ढाक्छ,’ उनले भने, ‘भेडा, च्याङ्ग्रा, घोडा हिउँमा टाढा चरनमा जान सक्दैनन् ।

चौंरीलाई धेरै घाँस चाहिन्छ, घरको घाँसले पुग्दैन । त्यसैले चौंरीलाई हिउँदमा धेरै टाढा र झन् माथिको चरनमा लग्नुपरेको हो ।’ माथि केक्याम्पको चरन क्षेत्र फराकिलो, बर्खाभरिको घाँस संग्रह हुने र हिउँ पनि यताभन्दा उता छिटो पग्लिने उनले बताए । पारिलो क्षेत्र भएकाले छिटो हिउँ पग्लने भएकाले चौरीलाई चरन तयार भइरहन्छ ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्