Logo
Logo

ए डिभिजन लिग : आर्मी र पुलिसको बराबरी



काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो ।

खेलको ५१ औं मिनेटमा सन्तोष हेमरामले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तेज तामाङको फ्रिकिकमा उनले हेडरमार्फत गोल गरे । तर, खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडी विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । पुलिसका डिफेन्डर बुद्ध तामाङले क्लियर गर्न नसकेको बलमा विवेकले पेनाल्टी बक्सको ठिक बाहिरबाट सुन्दर गोल गरे ।

खेलको ८७ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि उनको गोलले मान्यता पाएन । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो । यस बराबरीसँगै आर्मी र पुलिसले १–१ अंक पाएका छन् । खेलमा आर्मीका सेसेहाङ म्यान अफ दि म्याच चुनिए ।

प्रतिक्रिया दिनुहोस्