Logo
Logo

प्रधानन्यायाधीश जबरामाथि नेपाल बारका १७ आरोप



काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई १७ आरोप लगाउँदै महाअभियोगको प्रक्रिया अघि बढाउन राजनीतिक दल, संघीय संसद्को सभामुख र राष्ट्रिय सभाका अध्यक्षको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय दलको रुपमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टीलगायतका संसदीय दलको कार्यालयमा पुगेर बारले ध्यानाकर्षण गराएको हो । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनमा रहेको बारले संवैधानिक बाटो महाअभियोग भएकाले यसलाई तत्काल सुरु गर्न माग गरेको छ। बारले सर्वोच्च परिसरमा धर्नासँगै राजनीतिक दबाब बढाउन यो अभियान थालेको हो।

बारले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लाग्ने आधारका रुपमा १७ आरोप लगाएको छ। रञ्जन कोइरालाको मुद्दादेखि सरुवामासमेत उनले रकम असुल गर्ने र राजनीतिक भागबण्डामा हिस्सेदारी लिएकाले महाअभियोग लागउनुपर्ने माग बारले गरेको छ।

यस्ता छन् बारले लगाएका १७ आरोप

प्रतिक्रिया दिनुहोस्