एमालेको बैठक सुरु « Drishti News – Nepalese News Portal
Logo

एमालेको बैठक सुरु


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजित एमालेको १० औं राष्ट्रिय चितवनमा सुरु हुने महाधिवेशनमा तयारीमा केन्द्रित रहेको बताइएको छ ।

सो का लागि एमालेले १९०० बढी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको छ । आजको बैठकमा केन्द्रले मनोनित गर्ने ९६ जना सदस्यहरुबारे छलफल हुने छ । महाधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार निर्वाचित भएर आएका बाहेक पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने बैठकको प्रमुख एजेण्डा छ । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्