Logo
Logo

सञ्चालकले बैंक डुबाए



काठमाडौं । नेपालमा यतिबेला बैंकहरूबीच शेयरधनीलाई धेरै प्रतिफल दिने प्रतिस्पर्धा छ । तर, यस्तो अवस्थामा पनि केही बैंकहरू भने ओरालो यात्रामा छन् । सञ्चालक समितिको स्वार्थअनुसार निर्णय हुने हुँदा व्यवस्थापन कमजोर भएको छ ।

त्यसमध्ये एक सिन्धु विकास बैंक हो । तातोपानी नाकाबाट व्यापार गर्ने व्यापारीको अगुवाईमा खुलेको यो बैंकले गत आर्थिक वर्षमा ६६ लाख नोक्सान व्यहोरेको छ । बैंकको खराब कर्जा उच्च हुँदा यस्तो अवस्था आएको हो । सिन्धुपाल्चाकको बाह्रबिसे मुख्य कार्यालय रहेको यो बैंकमा केही सञ्चालकहरूको हालिमुहाली चल्दै आएको छ । आफु निकटस्थलाई दबाबका भरमा कर्जा दिइएको र कर्जा समयमा नउठ्दा बैंक घाटामा गएको हो । बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ छन् । बैंककै पैसामा उनले आफ्नो व्यवसाय फस्टाए पनि बैंकलाई भने आरालो गतिमा लगेका छन् ।

बैंकको व्यवस्थापन कति कमजोर छ भने शाखा प्रमुखले निक्षेपकर्ताको रकम आफैं चलाउँदा समेत थाहा हुने गरेको छैन । दोलालघाट शाखाका प्रबन्धक सुमन खरेलले बैंकको पैसा आफुले निकालेर ब्याजमा लगाउने गरेका थिए । पछि पैसा फर्काउन नसकेपछि मात्र त्यसबारे खुलेको थियो । हाल खरेलसहित चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस्तै अवस्था सप्तकोशी र नारायणी विकास बैंकको रहेको नेपाल राष्ट्र बैंक स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्