Logo
Logo

प्रगतिशील लेखक सघका अध्यक्ष एमाले छाडेर समाजवादीमा प्रवेश




काठमाडौं । एमाले निकट प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरीले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहेका गिरीले बुधबार प्रेस वक्तब्य जारी गरी पार्टी परित्याग गरेका हुन् ।


एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाधिवेशनबाट पारित विचारनीति, कार्यक्रम, कार्यदिशा विपरीत हिँड्न सुरु गरिएको र केपी ओली यस चिन्तनको केन्द्रमा रहेको आरोप लगाएका छन् । उनले पार्टीमा यथास्थितिवादी चिन्तन, चरम व्यक्तिवाद, नेतृत्वको देवत्वकरण, नैतिक मूल्यको गम्भीर क्षय भएको बताएका छन् ।


‘एमाले विभाजनपछि भएको विधान महाधिवेशनमा कमजोरीहरुको गम्भीर समीक्षा र त्यसलाई सच्याएर अघि बढ्ने प्रतिबद्धताको महाधिवेशन हुनुपथ्र्यो तर त्यसो भएन,’ उनले भनेका छन् । सुरु भएको दसौँ महाधिवेशनमा पनि गम्भीर राजनीतिक, वैचारिक छलफल, विगतका कार्यहरुको सिंहावलोकन, कमजोरीहरुको समीक्षा नभई नेतृत्व चयनमा केन्द्रीत रहेर सकिने भएकाले आफूले दक्षिणपन्थी विचलनका विरुद्ध संघर्ष गर्ने गिरीले बताएका छन् । नेकपा एस गठनको औचित्य पुस्टि भएको जनाउँदै आजैको मितिदेखि नेकपा एसमा प्रवेश गरेको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्