Logo
Logo

प्रदेश २ का मुख्यमन्त्रीको आफ्नै पार्टीका नेताद्वारा राजीनामा माग



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आफ्नै पार्टीका नेताले राजीनामा माग गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको छ । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।

I

प्रदेश २ सरकारको मन्त्रीबाट केही साताअघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफलविनै मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरेको भन्दै राजीनमा मागे । उनले आफ्नो अपमान भएको भन्दै मुख्यमन्त्रीले राजीनामा दिन माग गरेका हुन् ।

बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेका छन् । बैठकमा नेताहरुले अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रुपमा अगाडि बढ्न थालेको उनीको आरोप छ ।

बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पु¥याउन संख्या थप गर्न लागिएको हो । कार्यकारिणी समितिमा १६ जना थप गर्नुपर्ने भए पनि हाललाई १२ जनामात्र थप गर्ने निर्णय भएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्