Logo
Logo

आठ एसपीको एसएसपीमा बढुवा, निमित्त आइजिपीले फुली लगाइदिने




काठमाडौं । गत साता सिफारिस भएका नेपाल प्रहरीका आठ एसपीको एसएसपीमा बढुवा भएको छ। सिफारिस उपर उजुरी नपरेपछि मंगलबार बढुवा भएको हो ।


बढुवा हुनेहरुमा विकासराज खनाल, सुदीपराज भण्डारी, एसपी अनुराग कुमार द्विवेदी, राजेन्द्रसिंह खड्का, योगेन्द्र पाल, टिकाबहादुर केसी, धुव्रराज राउत र भोला रावलको बढुवा भएको हो । उनीहरुलाई कार्यवहाक प्रहरी महानिरीक्षक निरज शाहीले बुधबार दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको महासभामा सहभागी हुन टर्की गएकाले कार्यवहाक आइजिपीले फुली लगाउन लागेका हुन् ।


बढुवा हुनेमध्ये सुदीप राजभण्डारी फुली लगाएको दुई दिनपछि नै अवकाश हुने भएका छन् । ५५ वर्षे सेवाहदका कारण उनले जागिर अवधि २८ वर्षमै अवकाश पाउन लागेका हुन् । इन्सपेक्टरबाटै भर्ना भएका उनी जागिरको उत्तरार्धमा एसएसपीमा बढुवा भए । कमजोर कार्यक्षमता र पटक पटकको कारबाहीका कारण उनी बढुवामा सधैं पछि परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्