Logo
Logo

प्रधानसेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वोन क्यापेलरबीच बुधबार जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्