Logo
Logo

१५ महिनापछि एसपी बोगटीको सरुवा




स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाका एसपी होबिन्द्र बोगटीको सरुवा भएको छ । १५ महिना स्याङजा प्रहरीको नेतृत्व सम्हालेका उनले जिल्लामा केही नयाँ काम गरे ।


जिल्ला नेतृत्व सम्हालेलगत्तै उनले फरार अभियुक्तविरुद्ध अभियान थालेका थिए । जसमा एकैदिन दुई दर्जनसम्म फरार अपराधी पक्राउ परे । त्यसपछि अन्य जिल्लामा समेत यो अभियान चल्यो ।


त्यस्तै, परिवारसँग सम्बन्ध राम्रो बनाउन साँझ श्रीमतीलाई फोन गरी ‘आइ लभ यू’ भन्न लगाउनेदेखि आइपिओ भर्ना लगाउने रचनात्मक काम उनले गरे । १५ महिना बस्दा पनि विवादमा नपरेका एसपी बोगटीको बुधबार भव्य बिदाई भएको छ । फेसबुकमा ‘आ लभ स्याङजा’ लेख्दै उनी जिल्लाबाट बिदा भएका छन् । बोगटीको प्रहरी प्रधान कार्यालयको कानून शाखामा सरुवा भएको छ । स्याङजामा एसपी राजिबबहादुर बस्नेतको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्